-डा. नवि 'टाकिन्द्र'
बाह्रै बज्यो लौ बारपाकमा
बाह्रै बज्यो लौ बारपाकमा
काँप्यो र धर्ती अन्तर्यमा
धावा बोल्यो भूकम्पले
मानवताको सौन्दर्यमा
बाह्रै बज्यो लौ बारपाकमा
चलेर कम्प नाहकमा
हिजो अस्ति सुन्दर बस्ती
भताभुङ्ग बगरमा
मठ मन्दिर धरोहार ती
धुलिसाथ भो खण्डहरमा
दुधकोशी र मर्स्याङ्दीबीच
चिरा पर्यो अधरमा
गोर्खा सिन्धु काप्दै रहे
कम्पनको कहरमा
ooo
ooo
गाउँको दुख सहर पस्यो
सहर आफैं थ्याच्च बस्यो
आँगनीमै आकाश खस्यो
गुमाउदै धनजन आँखाकै अघि
बाँचेछौं हामी के कसो
सहदै सारा हैरानी
बाँचेर अब बचाउन
आहतमा राहत जुटाउन
मानो र मुठी उठाउन
नगर अब अबेर
निर्माण को विगुल बजाउन
दुई कोटी जन मिलेर
जुटाउन सिप साधन
उठाउन ढलेका सम्पदा
सजाउन बस्ती आँगन
नगर अब अबेर
निर्माण को विगुल बजाउन
बज्दैन बाह्र बारपाकमा अब
चल्दैमा भूकम्प नाहकमा
जुटौंन जन हो जुटौंन
फेर्नलाई कायाँ कैरन
सुनका बिहानि खसाउन
बारपाकलाई फेरी हँसाउन
नगर अब अबेर
नवनिर्माण को विगुल बजाउन