Wednesday, May 20, 2015

गोरखा भूकम्पपछिको रोडम्यापमा भू-उपग्रहको स्काईम्याप

आजको युग विधि, बिज्ञान र प्रविधिको युग-अनि अन्तरिक्ष प्रविधि यसको उच्चतम प्रयोगको पाटो। सूचना तथा संचारको बिश्व सञ्जालिकरण, पृथ्वी तथा यसको वायुमण्डलिय अबलोकन तथा अनुसन्धान देखि खगोलिय अन्बेषणसम्ममा अन्तरिक्ष प्रविधिको प्रयोग अनिवार्य नै भै सकेको छ। अब त बिश्वका विकसित मात्र नभएर विकासशिल र अल्पविकसित मुलुक पनि कुनै न कुनै रुपमा अन्तरिक्ष प्रविध प्रयोगमा आफ्नो आकाश सुरक्षित गर्न लागिसकेका छन्। विकसित प्राय मुलुक्ररुको अन्तरिक्ष चासो नियमित दुरसंचार तथा श्रब्य/दृश्य प्रसारण सेवाका साथै पृथ्वीको भौगर्भिक, भौगोलिक र वातावरणिय अवलोकनका अलावा खगोलिय अनुसन्धान/अन्बेषणसम्ममा फैलिएको छ भने बाँकीको चासो दुरसंचार तथा श्रब्य/दृश्य प्रसारण र रिमोट सेन्सिंगमा सिमित रहेको छ। 

अन्तरिक्ष प्रविधि सम्पन्न केहि मुलुककहरुले आफ्नो अन्तरिक्षका विभिन्न अर्बिटल संरचनामा जडित विभिन्न नेभिगेसन तथा रिमोट सेन्सिंग यन्त्रहरूबाट नियमित जस्तै पृथ्वीका जीव र यिनका जीवन चक्र, मानव-रचित संरचना र तिनको संचालन देखि पृथ्वीको भूगर्भ, यसको सतह र वायुमण्डलमा बिभिन्न स्थान, समय र सन्दर्भमा आउने परिवर्तनको सुक्ष्म अवलोकन गरिरहदा गोरखा भूकम्प-२०७२ सँग सम्बन्धित विविध पक्षको पनि अवलोकन र अनुसन्धान गर्न भ्याएका छन्। तिनै मध्येका रोचक र निकै उपयोगी दुई प्रतिनिधि दृश्यहरु साधारण पाठकका लागि जानकारी र जानकार बिज्ञ, वैज्ञानिक र योजनाकारका लागि स्वतन्त्र छलफल र बहसका लागि सन्दर्भ सामग्री सहित प्रस्तुत गरिएका छन्।

दृश्य : भूकम्पबाट भत्किएका मुख्य संरचना (घर, पुल र बाटो) र पाल/टेन्ट राखिएका ठाउँ (May 4, 2072), Credit:Tomnod Campaign associated with DigitalGlobe.

दृश्य २: भूकम्प पश्चात् अन्तरिक्षबाट अवलोकन गरिएको काठमाण्डौ र वरिपरिको जमिनको उचाइमा आएको परिवर्तन (निलो: उचालिएको भाग, पहेंलो: दबिएको भाग) Credit: The German Aerospace Centre (DLR/EOC) with Satellite Radar Data

अन्तरिक्षबाट संकलन गरिएका यस्ता बहुमुल्य र बहुआयामिक दृश्यहरु, साधारणतया जमिन सतहमा जडित यन्त्रहरुयबाट प्राप्त सम्बन्धित Data (Ground Truth) बाट Validation गरे पस्चात तत्कालका लागि (दृश्य१ को GIS Mapping मा देखाए जस्तै) भत्किएका संरचना पत्ता लगाउने देखि राहत वितरण/ब्यबस्थापन तथा भूकम्पीय जोखिम व्यबस्थापन लगाएतका कामका लागि उपयोगी हुन सक्छन भने दीर्घकालिन रुपमा चाहिँ भूकम्प प्रभावित क्षत्रको पुनः/नव निर्माणमा भौगोलिक (दृश्य २), भौगर्भिक, तथा वातावरणीय सर्वे अनि इन्जिनियरिङ प्लानिङमा आनिवार्य र उपयोगी हुन सक्छन्। दृश्य २ मा दाबी गरिए जस्तै र अरु बिभिन्न अन्तरिक्ष संस्थाको हबला दिदै समाचार एजेन्सीहरुले चर्चा गरे अनुसार गोरखा भूकम्पले प्रभावित भूभाग करिब डेढ मिटर जति दक्षिण-पश्चिमतीर सरेको, कतै दबिएको र कतै ३ फिट सम्म उठेको भनिएको छ। यी र यस्तै अरु दाबिहरुको स्वतन्त्र Ground Truth Validation अधिकारिक निकायबाट हुने नै छ। यी बाहेक विभिन्न अनुसन्धान निकाय, अन्तरिक्ष संस्था, बिज्ञ तथा बैज्ञानिकहरुबाट Satellite Radar Data, GPS Network मा आधारित Ground Motion Data र बिभिन्न Network का Seismic Data प्रयोग गरि भूकम्प अघि र पछिका अबलोकन र Modeling गरिएका अनेक रोचक तथ्य लगातार बाहिर अहिरहेका छन्। हाम्रै Research Domain माथि भएका यस्ता बैज्ञानिक अध्ययन अनुसन्धानका लागि कुनै न कुनै रुपमा Ground Data सहित त्यस्ता Network मा सहभागी हाम्रा संघ, संस्था, व्यक्ति वा बिज्ञ बिशेषहरुको “बैज्ञानिक योगदान”लाई भलै कमैले उल्लेख गरेका हुन, हामी साधारण नेपाली चाहिँ यस्ता “एतिहासिक जानकारी”का लागि निस्फिक्री आभार हुनै पर्छ। ढिलो चाँडो यस सम्बन्धि पनि बहस सुरु भै सकेको छ।
हो गरिबीको तितो यथार्थबोधका कारण अन्तरिक्षको आफ्नो अधिकार आज सम्म स्थापित गर्न नसकिरहेको अवस्था र भूकम्पले जिउ र बिउ नै जोगाउन गार्हो भैरहेको स्थितिमा अहिले नै हामीले अन्तरिक्ष प्रविधि प्रयोगको स्काईम्याप र यस सम्बन्धि अध्ययन अनुसन्धानको चर्चा चलाउनु अलि असान्दर्भिक हुन सक्ला। तर हाम्रा सामु आफुलाई उपलब्ध अन्तरिक्ष अर्बिटल स्लटको प्रयोग खासगरी सूचना तथा संचार, सुरक्षा, अनि पृथ्वी र अंतर्यका सम्पदा तथा यसको वायुमण्डलिय अबलोकन/अनुसन्धानमा लगाउनेगरि आफ्नो आकाशमाथिको हक निश्चित अवधिभित्र सुरक्षित गर्नु पर्ने पाबन्दि पनि छ। त्यसका लागि बिज्ञान प्रविधि तथा वातावरण मन्त्रालयलले भलै ढिलै भए पनि एक विज्ञ टोलि गठन गरि राष्ट्रिय अन्तरिक्ष नीति तर्जुमा गर्न लागिपरेको बाध्यात्मक अवस्थामा गोरखा भूकम्प यसको लागि आवश्यकता र अवसरको कडी हुन सक्दछ। यो आवश्यकता बोध किन पनि हुन पर्छ भने – अन्तरिक्ष प्रविधि प्रयोग हामी जस्तै बिकट र विषम प्राकृतिक अवास्थामा घेरिएकाहरुले अधिकतम गर्ने हो, जसको प्रयोग प्राकृतिक प्रकोपका बेला तत्कालका लागि जोखिम व्यबस्थापन र दीर्घकालिन रुपमा प्रकोप प्रभावित क्षत्रको पुनः/नव निर्माणमा भौगोलिक, भौगर्भिक, तथा वातावरणीय सर्वे सहित इन्जिनियरिङ प्लानिङमा आनिवार्य हुन्छ।  
त्यसैले आज देशले आम रुपमा भूकम्पको महाबिनाशलाई अवसरमा परिणत गर्दै दिर्घकालिन पुन:/नवनिर्माण र ग्रामिण अधुनिकिकरण, अनि “स्मार्ट सिटी” र “इको भिलेज”को रोडम्याप खोजी गर्दै गर्दा अन्तरिक्ष प्रविधि प्रयोग आफ्नै भू-उपग्रह प्रक्षेपणबाट गर्ने सम्मका स्काईम्याप माथि पनि बहस सुरु हुनु पर्छ। सुन्दा हाललाई असम्भव जस्तै लाग्ने यस्ता मेघा-योजना प्राविधिक रुपमा भने असम्भव नै चाहिँ होइनन्। यसका लागि राज्यको बलियो इक्छा-शक्ति निम्नानुसारका केहि प्राविधिक पूर्वाधारहरु तयार गर्ने तर्फ लग्नु पर्ने हुन्छ।

पूर्वाधार १: National Data Policy अविलम्ब बनाउने र लागु गरिहाल्ने
भनिरहन पर्दैन कि नेपालको भौगोलिक, भौगर्भिक र वातावरणीय बिषमता अनुसन्धानकै हिसाबले पनि बहुआयामिक र बहुमुल्य छ स्याटेलाईटको एक दुई फुटप्रिन्टमानै यस्ता बिषमता रेकर्ड गर्ने अवसर अन्त सयदै पाइन्छ यस्ता High Altitude Data बहुमुल्य किन पनि हुन्छन भने कुनै पनि अब्जरभेसन Validate गर्न Ground Truth चाहिन्छ त्यसमा पनि High Altitude (जुन दुरीका हिसाबले पनि भू-उपग्रहसँग नजिक हुन्छ) बाट गरिने Validation सापेक्षिक रुपमा बढी पत्यारिला हुन्छन त्यसले कुनैपनि अन्तरिक्ष अनुसन्धान कार्यक्रममा सम्बन्धित मुलुकले यस्ता Ground Validations मा ठुलो रकम खर्चिन सधै तयार रहन्छन् High Altitude Data को मूल्य के कति छ भन्ने कुरा त यसकै खेति गरिरहेका एनजीओ, आईएनजिओहरुले इमान्दारिताकासाथ भनीदिए भने थाहा लागिहाल्छ कहाँ र कसरि कता गैरहेका छन् ५००० मिटर उचाईदेखि विभिन्न सरकारी/गैरसरकारी स्वामित्वमा रहेका घाम, हावा, पानी, भौगोलिक, भौगर्भिक तथा जैविक विविधतायुक्त बहुमुल्य डेटाहरु? खोजिको बिषय रहेको छ भूकम्प पछि लगातार बाहिर विभिन्न बाह्य स्रोत मार्फत चर्चामा अहिरहेका अनुसन्धानमा प्रयोग भैरहेका Ground Data कै उदहरण लिने हो भने पनि कुन कुन संघ, संस्था, व्यक्ति वा बिज्ञ बिशेषहरुबाट कसरी Networking भै रहेको छ, चासोकै बिषय बनेको छ त्यसैले पनि राष्ट्रिय डेटा नीति बनाइ यसै अनुसार यस्ता बहुमुल्य Data हरुको Source Sink पत्ता लगाई Share and Sell को नीति कडाईका साथ लागु गर्न सुरु गर्नु पर्छ

पूर्वाधार २: Highly Equipped High Altitude Observatory Remote Sensing Data Bank बनाउने
माथि उल्लेख भए अनुसारका भौगोलिक, भौगर्भिकन, वातावरणिय तथा जैविक विविधतायुक्त Data नियमित संकलन गर्न Highly Equipped High Altitude Observatory बनाई छरिएर रहेका अरु Historical Data लाई पनि एउटै Platform मार्फत कारोबार गर्ने गरि Remote Sensing Data Bank बनाउने र National Data Policy अनुसार Share and Sell मा जाने

पूर्वाधार ३: राष्ट्रिय अन्तरिक्ष निती अबिलम्ब तयार गर्ने र छेत्रीय अन्तरिक्ष नितीमा आफ्नो हित अनुकूल चासो जाहेर गर्ने
पहिला त आफ्नो अन्तरिक्ष कार्यक्रमका प्राथमिकताका क्षेत्र निर्धारणगरि के कस्ता कार्यक्रम कुन बिधि र प्रक्रियाबाट कस्तो संरचना मार्फत गर्ने भने कुरा राष्ट्रिय अन्तरिक्ष नितीले मार्गनिर्देश गर्नुपर्यो त्यसपछि कुन छेत्रीय अन्तरिक्ष समूह (जस्तो, SAARC Satellite Alliance, Chinese Space Alliance, Arab Space Alliance, Mid-East Space Alliance वा Japanese Space Alliance) सँगको Service Model र  भू-उपग्रहको Regional Coverage को प्रारम्भिक अनुमान गरि Regional Business Model तयार गर्नु पर्ने हुन्छ

पूर्वाधार ४: ब्रेन ड्रेन रोक्न र प्राज्ञिक पेशालाई अनुसन्धानमुलक बनाउन बिशेष कार्यक्रम ल्याउने  
हुन त यो बिषयमा धेरै किसिमका धारणा बहसमा आइसकेका छन् तैपनि आजको भूकम्पले जन्माएको जटिल परिस्थितिमा नदेखिएका सम्भावनाका त खोजि गर्नुपर्छ भने देखिएका सम्भावनाहरुलाई त पक्कै पलायन हुनबाट रोक्नु नै पर्छ हैन भने डा. सुबेस घिमिरेजस्ता भूगर्भविद् जो वास्तविक जिवन्त अनुसन्धान भूकम्प जाँदा जाँदैको अबस्थामा भूकम्पको केंद्रबिन्दुकै आसपासतिर रहेर गर्ने ल्याकत राख्छन, उनिहहरुको छातीमा भोलि कसैले बाहिरबाट Price Tag लगाईदियो भने के होला? सम्भव छैन र उहाँहरु जस्तै  देश छोड्न नचहाने र देश फर्कन चाहने अरु धेरै डा. साबहरुलाई राज्यले खुला रुपमा अब्हानगरि Price Tag को साटोमा प्रोफेसरशीपको Tag लगाई दिएर एउटा अनुसन्धान गर्ने ल्याब र आवश्यक वातावरण मिलाई दिन? सकिदैन र हाम्रा विश्वविद्यालयका रिसर्च सेन्टरहरुलाई सेन्टर अफ एक्सेलेन्स र इन्स्टीच्यूटहरुलाई प्रिमियेर इन्स्टीच्यूटको कन्सेप्टमा लागि  देशको आवश्यकता अनुरुपको अनुसन्धान र दक्क्ष प्राविधिकहरु उत्पादन गर्न?

पूर्वाधार ५: Regional Satellite Constellation को Concept सहित नेपाल भू-उपग्रहको प्रस्तवलाई क्षेत्रिय र छिमेकि मुलुकहरु माझ लैजाने
विश्व समुदाय जानकार छ कि नेपाल खासगरी भूकम्पिय र Global Warming को नकारात्मक असरले पुर्याउने विपदको आमने-सामने छ भलै यस्ता प्राकृतिक विपदको प्रारभिक असर नेपालमा बढी होला तर विस्तारै छिमेक र बाँकि विश्व समुदाय विस्तारै यसको चपेटामा नपारी रहन सक्दैनन् तसैले यस्ता प्राकृतिक विपतको अध्ययन, अनुसन्धान र सामना पनि बिश्व र खासगरी क्षेत्रिय अनि छिमेकि मुलुक सँग मिलेरै  गर्नु पर्ने हुन्छ यसका लागि पनि नेपाली अन्तरिक्ष स्लट Regional Satellite Constellation को अर्को एउटा उतम Resource हुनसक्छ हाम्रो अर्बिटल स्लटमा परिक्रमा गर्ने हाम्रो भू-उपग्रहको Footprint Coverage क्षेत्र आखिर हाम्रै छिमेकि भूभाग वरपर हुने हो त्यसैले पनि हाम्रा अन्तरिक्ष कार्यक्रममा छिमेकि मुलुकको सहकार्य र सहयोग अनिबार्य जस्तै हुन्छ यसका लागि हाम्रा दुई छिमेकि मुलुक Ground Corridor सँगसगै Space Corridor विकासमा पनि सहयोग सहित तयार हुनुपर्छ र छन् नै भन्ने लाग्छ यसको आवश्यकताबोध भने पहिला हामीलाई नै हुनुपर्छ र अग्रसरता पनि हामिले नै लिनु पर्ने हुन्छ

देशको भावी अन्तरिक्ष कार्यक्रमका लागि माथि उल्लेखित अभ्यासहरु आफैमा बलिया पुर्वाधार हुन् त्यस सँगै गोरखा भूकम्पले जन्माएको नव निर्माणको यो अवसरमा बिश्व समुदायबाट देखाइएको चासोलाई समेट्न पनि राज्य यस्ता मेघा-योजना बनाएर अघि बढ्नु पर्ने हुन्छ अनि राज्यले गर्ने होस्टेलाई नागरिकले मिलेर हैंसे गर्दै अघि बढ्ने हो भने नयाँ नेपाल धेरै टाढा छैन। यसका लागि भने भिजनरी, बिज्ञ राज-नेतृत्व अघि सार्नु पर्ने हुन्छ अनि अघि सर्ने नेतृत्वले तत्काल विचार राजनीति थाती राखी बिकास राजनीतिलाई आत्मसाथ गर्नु पर्ने हुन्छ अनि मात्र सम्भव हुनसक्छ अगामी करिब एक डेढ दशक भित्रमा अवसरै अवसरको स्मार्ट सिटि, इको भिलेज आफ्नै भू-उपग्रहसहितको नयाँ नेपालको उदय। इति शुभम्!  

(लेखक नेपाल बिज्ञान प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गत अन्तरिक्ष बिज्ञान तथा प्रबिधि कार्यक्रमका बिज्ञ सल्लाहकार समेत रहेका छन्

Friday, May 15, 2015

अन्तरिक्षबाट अवलोकन गरिएका गोरखा-भूकम्प अघि/पछिका केहि संकलित दृश्यहरु

आजको युग बिज्ञान तथा प्रविधिको युग- अनि अन्तरिक्ष प्रविधि यसको उच्चतम प्रयोगको उदाहरण।सूचना तथा संचारको बिश्व सञ्जालिकरण, पृथ्वी तथा यसको वायुमण्डलिय अबलोकन/अनुसन्धान  देखि खगोलिया अन्बेषणमा अन्तरिक्ष प्रविधिको प्रयोग अनिबार्य नै भै सकेको छ। अब त बिश्वका कुनै पनि विकसित, विकासोन्मुख वा अल्पविकसित देश कुनै न कुनै रुपमा यस प्रविधको प्रयोगबिना रहन नसक्ने भैसकेका छन् । त्यसो त हाल नेपाल पनि आफुलाई उपलब्ध अन्तरिक्ष अर्बिटल स्लटको प्रयोग - खासगरी सूचना तथा संचार अनि पृथ्वी र अंतर्यका सम्पदा तथा यसको वायुमण्डलिय अबलोकन/अनुसन्धान गर्ने हेतुले बिज्ञान प्रविधि तथा वातावरण मन्त्रालय बिज्ञ टोलि गठन गरि नीति तर्जुमा गर्न जुटेको अवस्था थियो। भूकम्पले जिउ र बिउ नै जोगाउन गार्हो भैरहेको अबस्थामा भलै अहिले यसको चर्चा असान्दर्भिक हुनजान्छ, तैपनि देश दिर्घकालिन नवनिर्माण र ग्रामिण अधुनिकिकरंणमा जुट्दै जांदा अन्तरिक्ष प्रविधि प्रयोगको पाटोले पनि उचित चर्चा पाउने नै छ।

हाललाई  विकसित मुलुकका विभिन्न अन्तरिक्षअर्बिटल संरचनामा जडित communication र broadcasting बाहेकका अनगिन्ती navigation तथा remote sensing यन्त्रहरुबाट अवलोकन गरिएका पृथ्वीमा रहेका सुक्ष्म जिब देखि मानविय र प्राकृतिक संरचना अनि यिनीहरुमा बिभिन्न समय र सन्दर्भमा आएका परिवर्तनका नमुना दृश्यहरुको चर्चा गरौ। महाबिनासकारीनेपाल भूकम्प-२०७२ को सन्धर्भमा पनि केहि विकसित देशका भूउपग्रहमा रहेका remote sensing यन्त्रहरुले यसको अवलोकन बिबिध पक्षबाट गर्न भ्याएका छन्।  निश्चय पनि यस्ता बहुमुल्य र बहुआयामिक दृश्यहरु तत्कालका लागि राहत वितरण तथा भूकम्पीय जोखिम व्यबस्थापनका लागि उपयोगी हुन सक्छन भने दीर्घकालिन रुपमा चाहिँ भूकम्प प्रभावित क्षत्रको पुनः/नव निर्माणमा भौगोलिक, भौगर्भिक, तथा वातावरणीय सर्वे अनि इन्जिनियरिङ प्लानिङमा आनिवार्य र उपयोगी हुन सक्छन्। तिनै मध्येका केहि प्रतिनिधि दृश्यहरु उदहारणका लागि सन्दर्भ सामग्री सहित यहाँ पोस्ट गरिएका छन्। साधारणतया यस्ता दृश्यहरु साधारण मानिस देखि बिज्ञ, प्राविधिज्ञ र योजनाकारहरु सम्मले बुझ्नेगरि "भूकम्प (बैशाख १२, २०७२) अघि र पछि"को क्याप्सनमा राखिएका छन्।

दृश्य १: अँध्यारो नेपाल भूकम्प पछि झन् अँध्यारो
   (भूकम्प अघि)                                                                        (भूकम्पपछि तत्कालको लोड सेडइंग सुन्तला रङमा)
(Source: NASA Earth Observatory with Visible Infrared Imaging Radiometer Suite (VIIRS) Sensors onboard of Suomi NPP Satellite)

दृश्य २: एेतिहासिक धरहरा क्षेत्र         
 (भूकम्प अघि)                                                                 (भूकम्पपछि)
(Source: DigitalWorld, Colorado)

दृश्य ३:Landslides/Rock and ice avalanches around Langtang village               
 (भूकम्प अघि)                                                (भूकम्पपछि)
(Source: USGS/NASA Landsat-8 Satellite Observation)
दृश्य ४:Reduction in the Reflected Lights           

                                           (भूकम्प अघि)                                  (भूकम्पपछि)

(Source: Short-term Prediction Research and Transition (SPoRT) team, NASA)
दृश्य ५ : Surface Movement,Fault Rupture
(Source: Advanced Rapid Imaging Analysis (ARIA) project in collaboration with NASA's JPL; Composite map of GPS-measured Ground Motion Data, Satellite Radar Data and Seismic Observations from Instruments Distributed around the World)
दृश्य ६ : Side-by-side comparison of Mt.Everest before and after the earthquake, showing terrifying avalanche           
 (भूकम्प अघि)                                (भूकम्पपछि)
(Source: Landsat 8 of NASA and USGS with NASA's EOS 1 Satellite)
दृश्य ७ :Land lifted upward by upto 3 feet

(Source: ESA SEOM InSARap Study- Norut/PPO.labs/Univ Leeds)
                                           दृश्य ८ :Ground shifted during the earthquake

Blue-Upward movement,Yellow-Downward drop
(Source: The German Aerospace Center(DLR/EOC) with satellite radar data)
                                  दृश्य ९ :Deformation/displacement in the ground surface 
 (Source: Sentinel-1A Interferogram by combining radar images taken on April 17 and April 29;       Grandin/IPGP/CNRS)

    दृश्य १०:Identified damaged buildings, blocked roads,tents/shelters and areas of major destruction
(Source: Tomnod campaign; blog.tomnod.com/Nepal-Earthquake-Data-Portal in association with digital globe)

Saturday, May 9, 2015

खोजी बिसे नगचीॅहरुको

नेपाल एकिकरणको आभियान चल्दै गर्दा आर्थिक पराकम्पनको धक्काले आहत गोर्खा  दरबारलाई जसरी इतिहासका एउटा आदरणीय पात्र बिसे  नगर्चीको सानो दानपत्रले राहत पुर्यायो, त्यसरी नै आज हामी गोर्खालीहरुले बिसे  नगर्चीहरु बन्न खोज्ने हो भने लाग्छ गोर्खालीहरुको भावनात्मक एकता सम्भव थियो र सम्भव हुनेथियो भूकम्प पिडितहरुलाई तत्काल राहत र गोर्खाको पुन:/नवनिर्माण। किन सम्भव छैन डा. बाबुराम भट्टराई र डा. उपेन्द्र देवकोटा जस्ता बिज्ञ एकै ठाउँमा बस्न? किन सम्भव छैन डा. बाबुराम भट्टराई, वाचस्पति देवकोटा, चिनकाजी श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, राजेश्वोर देवकोटाजस्ता नेताज्यूहरु एकै ठाउँमा बस्न? किन सम्भव छैन डा. यज्ञ बहादुर कार्की, श्री राम प्रसाद श्रेष्ठ, डा. दिनेश चन्द्र देवकोटा, डा. स्वर्णिम वाग्ले, डा. लक्ष्मी प्रसाद देवकोटाहरु जस्ता योजनाविद्हरु एकै ठाउँमा बस्न? लेख्दै जाने हो भने देशले नै चिनेका हर क्षत्रका बिज्ञ, प्राविधिज्ञ, उध्योगी, ब्यवसायी, प्राध्यापक, प्राज्ञ गोर्खालीहरुको लिस्ट लामै हुन्छ। किन जुट्न सकिराखेक छैनौँ हामी सबै यो बिपतमा पनि? किन हाम्रा अगुवाहरु क्न्वेक्स  लेन्स जस्तो हुन सक्नु हुन्न छरिएर रहेको युवा शक्ति converse गर्न? किन इन्द्रेणीमा आफ्नै मात्र रंग गाढा देख्नुहुन्छ? तितो सत्य - समस्या हामी मै छ अनि समाधान पनि  हामीमै। हामी नमिले समस्या, हामी मिले समाधान, हैन र?!

Friday, May 8, 2015

Invitation for Discussions

Our proposed Gorkha Civil Society for Resettlement of Quake Victims-2015 invites public discussions on scientific re-/new-settlement of quake victims as well as integrated development plans of quake-hit region, starting from temporary settlement to geological, geographical, and RS GIS survey based permanent role model cross-cutting clustered settlements.


Monday, May 4, 2015

Gorkha Earthquake-2015


“Bhukampa 2072 Gorkha Nagarik Sarokar Samnwaya Samiti”
Earthquake 2072 Gorkha Civic Concern and Coordination Committee
(Gorkha Quake Public Co Co Co)

Gorkha QuakePublicCoCo Cois a public committee formed to care and cope with the victims of Gorkha Earthquake 2072, primarily hailed from Gorkha district, with the following objectives: i) to act as a civic body in the management and distribution of relief materials and services to the quake victims, ii) to access/monitor quake relief activities,record facts, disseminate related information, help link people and prepare public reports, and iii) help quake victims for resettlement with engineering planning of role model housing.
The committee considers:
A main executive body comprising of:
o    Co-ordinator: Dr. Yagga Bahadur Karki (Member, NPC, 9851071942)
·    Joint Co-Ordinator: Dr. Swarnim Wagle (Member, NPC, swagle@npc.gov.np, Ph: 4211887)
·    Members: Mr. Iswar Chandra Khanal, (9841546708)
    Dr. Laxmi Prasad Devkota, (9851010687)
    Dr. Nanda Bikram Adhikari, (9841741053)
    Mr. Hari Ram Koirala, (9851018153)
    Mr. Hari Prasad Dhakal, (9851162622)
    Mr. Sishir Bhatta(9851103250)
    Dr. Rabindra Prasad Dhakal (Member Secretary, 9851087714)

·    an advisory committee comprising of established leaders of Gorkha district from all national parties, members of CA and renowned public figures, and

·    three thematic sub committees of:
§    Relief Collection, Management and Distribution Sub-Committeewith
·    Co-ordinator: Iswor Prasad Khanal, 9841546708
·    Members:  Dr. Shiva Shrestha
Mr. Tilak Bahadur Baniya, 9851156920
Mrs. Durga Neupane, 9841213175
Mr. DurgaLal Shrestha, 9801031763
Mr. Laxman Gurung, 9841201471
-Dil BahadurThapa, 9851027675
-Dr. Narahari Dhakal, 9851048729
-Mr. Bodh Bahadur Adhikari, 9841325337
-Mr. Indra Bhattarai,
-Mr. Bharat BabuKhanal, 9841541995
-Mr. Prakash Adhikari, 9860741022
-Mrs. Urmila Shrestha
-Mr. Deepak Adhikari, 9841299298
-Mrs. Samjana Sharma, 9841911254
-Mr. Krishna Prasad Dhakal, 9841292721
-Mr. Ganesh Adhikari, 9860384317
-Mr. Bhoj Raj Devkota
-Mr. BimalBogati, 9849229849
-Mr. Kapil Chandra Khanal, 9841484358
-Mr. Krishna Neupane, 9841836622
-Mr. Ram Prasad Adhikari, 9851156620
-Mr. Pramod Kumar Pandey, 9841420489
-Min Bahadur Adhikari, 9841560662
-Mr. kamal Shrestha,
-Mr. Damodar adhikari, 9801010022
-Local representatives and additional members as required

§    Resettlement Sub-Committeecomprising with
·    Co-ordinator: Dr. Laxmi Prasad Devkota, 9851010687
·    Members:-Er. Tirtha Bhatta, 9851038572
-Dr. Deepak Pant
-Dr. Hari Ram Parajuli, 9851043546
-Assoc. Prof. Iswor Chandra Baniya,
-Dr. Jagat Shrestha, 9851161350
-Assoc. Prof. Narayan Basnet, 9841799843
-Er. Surya Bhat, 9851005272
-Dr. SubodhDhakal
-Er. Dilli Ram Bhatta, 9851016650
-Dr. Rabindra Prasad Dhakal, 9851087714
-Arc. GanendraDevkota
-Er. JanardhanGiri, 9851148355

§    Information, Communication, Monitoring and Reporting Sub-Committee with
·    Co-ordinator: Dr. Nanda Bikram Adhikari, 9841741053
·    Members: -Mr. RajendraBaniya, 9851091577
-Mr. Narayan Shrestha
-Er. BaburamDawadi, 9841340354
-Mr. KhilBahadur Bhandari
-Er. Yuba Raj Dhakal, 9851069266
-ManjimaDhakal    9841942628
-PragatiDhakal     9849915533

We are connecting to our advisory committee personalities
डा. बाबुराम भट्टराई,  श्री चिनकाजी, श्री हितराज, श्रीछमबहादुरगुरुङ, श्रीनारायणकाजिश्रेष्ठ, डा. बाबुराम पोखरेल, श्री एकनाथ ढकाल,श्रीकृष्णधिताल, श्रीधन बहादुर घले,डा. दिनेश देवकोटा, प्रा. डा. उपेन्द्र देवकोटा, श्री बाचस्पति देवकोटा, प्रा. सरोजदेवकोटा,श्री कमला पन्त, प्रा. डा. खड्ग बस्नेत, प्रा. डा. इश्वरी प्रसाद ढकाल, श्री भबन भट्ट, डा. बालकृष्ण मरहट्टा, श्रीराजेश्वर देवकोटा, श्री माधव मरहट्टा, श्री बसन्त मरहट्टा, श्री किरणबाबु श्रेष्ठ, उद्योग बाणिज्य महासंघप्रतिनिधि-३ जना, श्री बाबुराम अर्याल, श्री रामबाबु श्रेष्ठ,  श्री धिरज मास्के, श्री रामकुमार श्रेष्ठ, श्री राजेशबाबु श्रेष्ठ, श्रीचुडा कट्टेल, श्री सुनिलबाबु पन्त, श्री सुरेन्द्र पाण्डे, श्री रामशरण बस्नेत, श्री लेखनाथ नेउपाने, श्री कुलेंद्र देवकोटा, श्री अमर तमु, श्री परशुराम रम्तेल, श्री श्रीनाथ अधिकारि,श्री ज्ञानेन्द्र कुमाल   

Let’s unite our sentiments, gather our potentials and compose our experts as a ray of rainbow so that we can hope for the betterment of our hometown!!