- डा. नवि अधिकारी ‘टाकिन्द्र’
खोजि गर्दा मिल्ने भए खोजौं त्यस्तो सुत्र
कोरिदियोस् विकल्पको नयाँ मार्गचित्र
प्रकृतिको बैभव खोज्ने बनोस् त्यस्तो निति
भूगर्भमा मोति खोजोस् जल-धारमा ज्योति
खोजि गर्दा मिल्ने भए खोजौं एक नक्षत्र
सारथी भै युग हाँकोस् बनोस् धर्तीपुत्र
प्रज्ञा रोपी पौरख फल्ने बनोस् त्यस्तो विधि
गन्तब्य होस् शैलमाला, छटा, जलनिधि
पाखुरीमा पौरख फलोस्, फुलोस् शान्तिक्षत्र
गौरव गरुन् सन्ततिले, बनोस् युगपुत्र
गन्तब्य होस् शैलमाला, छटा, जलनिधि
पाखुरीमा पौरख फलोस्, फुलोस् शान्तिक्षत्र
गौरव गरुन् सन्ततिले, बनोस् युगपुत्र
खोजि गर्दा पाउने भए खोजौं एउटा मित्र
चिन्न सक्ने त्यस्तो सुत्र जिउँदो शहिद भित्र
कोरिदियोस् विकल्पको नयाँ मार्गचित्र
सारथी भै युग हाँकोस् बनोस धर्तीपुत्र
गौरव गरुन् सन्ततिले, बनोस् युगपुत्र
गौरव गरुन् सन्ततिले, बनोस् युगपुत्र
No comments:
Post a Comment