-डा.
नवि अधिकारी 'टाकिन्द्र'
सोचे
भन्दा सुन्दर जीवन, फूल झैँ शाकम्बरी
आँगनीमा
कल्पलता, शिरमै कादम्बरी
एउटा
मुटु कहिले दुइटा, कहिले दुइटै एउटा
कर्म
सँग भाग्य साट्दा, कर्म बन्थ्यो देउता
कर्मै
रैछ कल्पलता, भाग्य वरिपरी
सोचे
भन्दा सुन्दर जीवन, सुन झैँ अकबरी
अनगिन्ति
करमा मेरो, डर ऊनको एउटा
कर
सँग डर साट्दा, रहर बन्थ्यो देउता
कैले
रहर खाली हुन्थ्यो, कहिले हुन्थ्यो भरि
सोचे
भन्दा सुन्दर जीवन, साथ अजम्बरी
सोचे
भन्दा सुन्दर जीवन, फूल झैँ शाकम्बरी
आँगनीमा कल्पलता, शिरमै कादम्बरी
आँगनीमा कल्पलता, शिरमै कादम्बरी
No comments:
Post a Comment