अँध्यारो बेचेर करोडमा
उध्योग बेचेर अरबमा
पिडा बेचेर खरबमा
बिजुली बेचेर वाटमा
पानी बेचेर क्युसेकमा
दुब्लाएको मेरो देश
धुलो टक्टक्याउन्दै छ .
बानी सुधार्न गाह्रो छ
पानी पुर्याउन पर्लय छ
धुलो उडाउन सस्तो छ
मेलाम्चिमा सुन त के
सुरुंग छेड्न तगारो छ
टायर बेचेर कि पोलेर
दुब्लाएको मेरो देश
धुलो टक्टक्याउन्दै छ.
अरबको सुकुम्बासी भएं म
करोडको घडेरी भएर के भयो
लाखौको आना बेचिसकें म
र पनि उठिबास भै सकें हँ
प्लटिंगमा टुक्रिएको मेरो देश र
बाटोले तासेको तास्यै मेरो घर
धिमा
गतिमा धुलो टक्टक्याउन्दै छ!
मैले मेरो रहरले छोडिन
र त म उखान गाउंछु
टुक्का हान्छु दिक्क हुन्छु
हाबै हावामा कावा खान्छु
परी त गयो सिइयोको तैपनि जेहाद हान्छु
गफै गफले खाएको मेरो देश
पालै पालो, कहिले दायाँ कहिले बायाँ धिमा गतिमा धुलो टक्टक्याउन्दै छ !!!
No comments:
Post a Comment